मानव अधिकार सामाजिक न्याय र लैङ्गिक हिंसा न्युनिकरणमा सक्रिय भइ जिल्लामा अग्रणी भूमिका निर्वाह गरेको भन्दै इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसाललाई सम्मान गरिएको छ ।
सन्धिखर्क नगरपालिकाले अन्तर्राष्ट्रि«य मानव अधिकार दिवस तथा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको समापन समारोहमा मङ्सिर २४ गते इन्सेक जिल्ला प्रतिनिधिको रूपमा रही सन्धिखर्क नगरपालिका भित्र लैङ्गिक हिंसा न्युनिकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मायाको चिनो, सम्मान पत्र र नगद सहित सम्मान गरेको हो ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, र निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले संयुक्त रूपमा सम्मान पत्र, मायाको चिनो र नगद राशि प्रदान गर्नु भएको थियो ।
‘इन्सेक जिल्ला प्रतिनिधिको रूपमा रहि लैङ्गिक हिंसा न्यूनिकरणकोे क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै आगामी दिनहरूमा पनि लैङ्गिक हिंसा न्यूनिकरण तथा सामाजिक रूपान्तरणको क्षेत्रमा निरन्तर सहकार्यको अपेक्षा राख्दै प्रशंसा पत्र प्रदान गरिएको छ ।’–सम्मान पत्रमा उल्लेख गरिएको छ ।


