INSEC Online

📅 २०८३ जेष्ठ २१

फोटो खिच्ने क्रममा प्रहरीले कुटपिट गरेको पीडित पत्रकारको आरोप

बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १२ अमलाचौर स्थायी घर भइ काठमाडौँमा नागरिक दैनिकमा कार्यरत २९ वर्षीय पत्रकार सुमन चापागाईलाई प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
मङसिर २४ गते दशरथ रङ्गशालामा पत्रकार सुमन चापागाईमाथि कुटपिट भएको पीडित पक्षको आरोप छ । प्रहरीको कुटाइबाट पीडितको कान र घाँटीमा चोट लागेको छ ।
नेपाल र भुटानबीच हुने फुटबलको फाइनल खेल हेर्नका लागि टिकट किन्न रङ्गशाला पुगेका सर्वसाधरणमाथि प्रहरीले गरेको लाठीचार्ज फोटो खिचेको आरोपमा कुटपिट भएको चापागाईले बताउनुभयो ।
प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको भिडियो र फोटो खिचिरहेका बेला सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोषसिंह राठौरले मुक्का प्रहार गरेको पीडितको आरोप छ ।
पीडितको उपचार त्रिपुरेश्वरमा रहेको ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।
पत्रकार चापागाईँमाथि कुटपिट गरेको भए प्रहरीमाथि कारबाही हुने महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेस थापा क्षेत्रीले बताउनुभएको छ ।

अन्य

भिडियो