INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अमेरिकी नागरिक ४० वर्षीय ज्यासोन लोएड मुडीलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले बलात्कार गरेको र अन्य दुई जना सात वर्षीया र नौ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप पनि लागेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले आरोपितलाई एयरपोर्टस्थित मेमोरियल गेस्ट हाउसबाट ४० वर्षीय ज्यासोन लोएड मुडीलाई १०४ नम्बर कोठाबाट तीन बालिकासहित गिरफ्तार गरिएको केन्द्रिय अनुसन्धान व्युरोका एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण मङ्सिर २२ गते प्रसूति गृह थापाथलीमा गरिएको छ ।

अन्य

भिडियो