INSEC Online

📅 २०८३ जेष्ठ २१

दलित बालबालिकालाई शैक्षिक र एकल महिलालाई खाद्य सामग्री वितरण

चाँगुनारायण नगरपालिका–४, सङ्गमटोल र वडा नं. ५ मिलनटोलका विपन्न एवम् दलित परिवारका बालबालिकालाई शैक्षिक सामग्री एवम् एकल महिलालाई खाद्यान्न वितरण गरिएको छ ।

ग्रेट होप इन्टरनेशनल नेपाल (Great hope international nepal) को सहयोग तथा इन्सेक भक्तपुरको सहकार्यमा मङ्सिर २२ गते कक्षा १ देखि १० सम्म अध्ययनरत विपन्न दलित परिवारका ५५ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

बालबालिकालाई स्कुल व्याग, टिफिन बक्स, पानी हाल्ने बोतल, तौलिया, कापी र कलम प्रदान गरिएको ग्रेट होप इन्टरनेशनल नेपालका सञ्चालक उदय घिमिरेले बताउनुभयो ।

कार्यक्रममा २० जना एकल महिला एवम् विपन्न दलित परिवारलाई खाद्य सामग्रीसमेत वितरण गरिएको छ ।

एकल एवम् दलित महिलालाई प्रति व्यक्ति एक बोरा चामल र एक थान ब्ल्याङ्केट प्रदान गरिएको इन्सेकका कार्यक्रम सहजकर्ता राजु मग्रातीले जानकारी दिनुभयो ।

photo20191209bhaktapur (1)

photo20191209bhaktapur (2)

photo20191209bhaktapur (3)

photo20191209bhaktapur (4)

अन्य

भिडियो