INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–६ का २८ वर्षीय दिपेन्द्र महरालाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले गत कात्तिक २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर ३ गते गरिएको थियो थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर उमाशङ्कर प्रसाद यादवले आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय सप्तरी पठाएको बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले सिरहाबाट फकाएर सप्तरी लगी घटना घटाएकोले आरोपितलाई सप्तरी पठाएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो