INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया र २७ वर्षीया महिलालाई बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले भद्रपुर नाकाबाट भद्रपुर नगरपालिका–२ का २५ वर्षीय राजु टुडु र ५० वर्षीय प्रेमबहादुर तामाङलाई मङ्सिर ११ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।

आरोपितद्वयलाई साना हात नामक संस्थाको सहयोगमा गिरफ्तार गरिएको र पीडित महिलाद्वयको उद्दार गरिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभएको छ ।

अन्य

भिडियो