विर्तामोड नगरपालिका–५ का २४ वर्षीय विजय लिम्बूकी पाँच महिने छोरी विपीषा लिम्बूको उपचारमा चिकित्सले लापरबाही गरेका कारण मृत्यु भएको भन्दै पीडित परिवारले अस्पतालमा तोडफोड गरेका छन् ।
चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै मृतक बालिकाका आफन्तले मङ्सिर ११ गते मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा तोडफोड गरेका हुन् ।
मङ्सिर १० गते अस्पताल भर्ना गरिएकी बालिकाको मङ्सिर ११ गते मृत्यु भएपछि आक्रोशित परिवार तथा आफन्तले अस्पताल तोडफोड गरेको इलाका प्रहरी कार्यलय विर्तामोडका डिएसपी मोहनकुमार थापाले बताउनु भयो ।
तोडफोडबाट पङ्खा, झ्याल, टेबलमा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । पीडित पक्ष, अस्पताल प्रशासन, जिल्ला प्रशासन र प्रहरीको सर्वपक्षीय छलफलबाट मृतकको नाममा ५ लाख रुपियाँको अक्षय कोष स्थापना गरिने सहमति भएको छ । शवको पोष्टमार्टम मङ्सिर ११ गते मेची अञ्चल अस्पतालमा गरिएको छ ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको