३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला घर भइ ललितपुर महानगरपालिका–१८, नख्खुस्थित मेडिसिटी अस्पतालमा कार्यरत डा.रोहितकुमार झालाई ०७६ मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले मङ्सिर ८ गते अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गएकी महिलालाई बलात्कार प्रयास गरेको पीडित महिलाले बताउनु भएको छ ।
पीडित महिलाले मङ्सिर ९ गते महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
पीडितको उजुरीका आधारमा आरोपितलाई मङ्सिर ९ गते गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी सन्तोष तामाङले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ९ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।