INSEC Online

📅 २०८३ श्रावण १

एम्बुलेन्स चालकलाई कुटपिट, आरोपित गिरफ्तार

इटहरी उपमहानगरपालिका–५ का ३५ वर्षीय एम्बुलेन्स चालक गौपाल निरौलालाई हातपात गरेको आरोपमा प्रहरीले दुहवी नगरपालिका–५ का ३० वर्षीय चन्दन रौनियारविरूद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ ।

मङ्सिर ८ गते आरोपितले कुटपिट गरेको विषयमा पीडितले सोही दिन उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय दुहवीका इन्स्पेक्टर प्रवीण कार्कीले बताउनु भयो ।

आरोपितको कुटपिटबाट पीडितको करङ भाँचिएको र पीडितको उपचार विराट नर्सिङ अस्पतालमा भइरहेको इन्स्पेक्टर कार्कीले बताउनु भयो ।

अन्य

भिडियो