INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल सुधार गृहमा रहेका दुई जना बालक फरार

बाल सुधार गृह विराटनगरमा रहेका दुई जना बालक मङ्सिर ९ गते बिहान छतबाट फाल हानेर फरार भएका छन् ।
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका १६ वर्षीय र बलात्कार मुद्दामा कैद भुक्तान गरीरहेका १७ वर्षीय बालक फरार भएको बाल सुधारगृह विराटनगरका प्रमुख मिलन चौहानले बताउनुभयो ।

सादा पोशाकमा प्रहरी परिचालन गरेर फरार भएका बालकहरूको खोजी थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार खिउजुले बताउनुभयो ।

अन्य

भिडियो