INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि सम्मानित

बगनासकाली गाउँपालिकाको स्वास्थ्य अभियानमा योगदान पुर्‍याएको भन्दै इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनालाई गाउँपालिकाले सम्मान गरेको छ ।

बगनासकाली गाउँपालिकामा मङ्सिर ४ गते आयोजित एक कार्यक्रमकाबीच इन्सेक प्रतिनिधि तिमिल्सिनालाई गाउँपालिकाले सम्मान गरेको हो ।

बगनासकाली गाउँपालिकालाई  पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा कार्यक्रमको अवसरमा स्वास्थ्य क्षेत्रको सुधार अभियानमा इन्सेक र इन्सेक प्रतिनिधिले सहयोगी भूमिका निर्वाह गरेको भन्दै गाउँपालिकाले मायाको चिनो र सम्मानपत्रले सम्मान गरेको हो ।

सो अवसरमा जिल्ला समन्वय समितिकी उपप्रमुख मिरा मरासिनी, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी दर्लामी, प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ लगायतले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

‘नेपाल सरकारको स्वास्थ्य नीति तथा कार्यक्रम अनुसार आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी गराई आमा तथा नवजात शिशु मृत्युदरलाई कम गराउन पूर्ण संस्थागत सुत्केरीको अवधारणा अनुसार यस गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणाको लागि सूचकहरूको पुर्णताको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले इन्सेक संस्था र इन्सेक प्रतिनिधिले निर्वाह गरेको उल्लेखनीय भूमिकाको उच्च मुल्याङ्कन गर्दै बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी भएको वडा घोषणाको सुअवसरमा यो सम्मानपत्र प्रदान गरिएको छ ।’–सम्मानपत्रमा उल्लेख छ ।

यस अघि उक्त गाउँपालिकामा इन्सेकको इएलपी कार्यक्रम सञ्चालन गरिएको थियो । इन्सेकले गाउँपालिकासँगको  समन्वयमा  शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको सवालमा रचनात्मक कार्यक्रम सञ्चालन गरी उल्लेख्य सहयोग गरेको भन्दै सम्मान गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनु भयो ।

photo20191121palpa

अन्य

भिडियो