INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बेलवारी नगरपालिका–८ का ८४ वर्षीय तिलविक्रम राईलाई मङ्सिर ३ गते ६ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले कैदसँगै ५ हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी १५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सुब्बा सुबोध आर्चायले बताए ।

पीडित बालिकालाई आरोपितले ०७५ चैत २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७६ वैशाख २ गते इलाका प्रहरी कार्यालय वेलबारीमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी वैशाख १५ गते अदालत पेश गरेकोमा अदालतको वैशाख १६ गतेको आदेश २० हजार रुपियाँ धरौटी माग गरी साधारण तारेखामा रिहा गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा वैशाख २ गते गरिएको थियो ।

अन्य

भिडियो