INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नपा–१ का २३ वर्षीय दरपीलाल ठाकुर र २४ वर्षीय श्याम कापरलाई इलाका प्रहरी कार्यलय मिर्चैयाले मङ्सिर २ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितहरूले कात्तिक ३० गते बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यलय मिर्चैयामा मङ्सिर २ गते उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर २ गते भएको थियो ।

इलाका प्रहरी कार्यलय मिर्चैयाका डिएसपी सुकदेव खनालका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितहरूलाई गरिफ्तार गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।

अन्य

भिडियो