INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धनगढीमाई नपा–१० की ४२ वर्षीया नैनकुमारी सिंहको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति रामेश्वर सिहंलाई घटना भएको दुई वर्षपछि कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

पत्नीलाई आरोपितले ०७४ असोज २४ गते रकम विवादका कारण धारिलो हतियार प्रयोग गरी हत्या गरी फरार भएको आरोप छ ।

पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा ०७६ असोज २७ गते उजुरी दिएको थियो । शवको पोष्टमार्टम लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा असोज २७ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार विशेष सुराकीको आधारमा आरोपित लुकिछिपी बसेको थाहा पाएर गिरफ्तार गरी कारवाहीको लागि कात्तिक २९ गते जिल्ला अदालतबाट म्याद थप गराएको बताए ।

अन्य

भिडियो