INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारीलाई कुटपिट गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार

महुन्याल गाउँपालिका–५ निवासी सोही गाउँपालिका कार्यालयका कार्यालय सहयोगी ३० वर्षीय तुलसरा सिञ्जालीलाई कात्तिक १९ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–५ का वडा अध्यक्ष ४१ वर्षीय छविलाल हौजालीमगरलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।
पीडित सिञ्जालीले वडाध्यक्षले कुटपिट गरेको भन्दै कात्तिक २४ गते इलाका प्रहरी कार्यालय, खुख्खडमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

कुटपिटबाट घाइते भएका सिञ्जालीको कात्तिक २४ गते घोडाघोडी अस्पतालमा उपचार भएको डिएसपी बस्नेतले बताए ।

अन्य

भिडियो