रास्कोट नपा–५ स्युनाकी २० वर्षीया धिरेन्द्र बम शाहीलाई कुटपिट गरेको आरोपमा प्रहरीले १९ वर्षीय पति शेरबहादुर शाहीलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक १३ गतेदेखि दैनिक रूपमा गालीगलौज र कुटपिट गर्ने गरेको भन्दै पीडितले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाले न्याय पाउँ भन्दै उजुरी दिएपछि उजुरीका आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका इन्स्पेक्टर यक्षबहादुर जोशीले जानकारी दिए ।
कुटपिटबाट घाइते भएकी पीडित महिलाको उपचार कात्तिक १७ गते बेलुकीबाट जिल्ला सदरमुकाम मान्म स्थित आविष्कार मेडिकलमा भइरहेको छ ।