पचालझरना गाउँपालिका–४ का ६० वर्षीय गजेन्द्रबहादुर बमलाई इलाका प्रहरी कार्यालय पचालझरका इञ्चार्जसमेत रहेका सई पुष्प कठायतको टोलीले कुटपिट गरी घाइते बनाएका छन् ।
पीडित बमलाई गाउँमा होहल्ला गरेको आरोपमा प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरी प्रहरी चौकीमा हातगोडा बाँधेर चरम यातना दिनुका सुाथै बाँसको चिर्पटले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
प्रहरीको कुटाइबाट पीडितको ढाड, छातिमा चोट लागेका कारण उपचारका लागि नेपालगञ्ज लगिएको पीडितकी पत्नी चल्ली बमले बताएकी छन् ।
घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर यक्षराज जोशीले प्रहरीले यातना नदिएको बताए । यदि त्यस्तो भएको रहेछ भने कुटपिट गरी यातना दिने प्रहरीलाई कारबाही गरिने बताए ।
