INSEC Online

📅 २०८३ जेष्ठ २१

सम्पतिको लालचमा छोराद्वारा आमाको हत्या

कपिलवस्तु नगरपालिका–८ दोहनीकी ५५ वर्षीया फूलमती कुर्मीलाई सम्पतिको लालचमा २५ वर्षीय छोरा कोठरी भन्ने सुरेन्द्र कुर्मीले कात्तिक १५ गते कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

छोराले मादक पदार्थ सेवन गरी कात्तिक १५ गते राति घरमा आमालाई कुटपिट गरी हत्या गरेको अवस्थामा कात्तिक १६ गते बिहान ६ बजे मात्र प्रहरीले जानकारी पाप्त गरेको जनाएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल, तौलिहवामा कात्तिक १६ गते गरिएको छ । छोरा सुरेन्द्र फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सँगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताएका छन् ।

अन्य

भिडियो