INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया बिना राईको हत्या गरेको आरोपमा प्रहरीले कात्तिक १३ गते २९ वर्षीय पति अर्जुन राईलाई गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले पत्नीलाई ढुङ्गाले हानेर हत्या गरेको भनी स्थानीयले प्रहरीलाई जानकारी दिएपछि जङ्गलमा लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी यज्ञविनोश पोखरेलले बताए ।

शवको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा कात्तिक १४ गते गरिएको छ ।

अन्य

भिडियो