मोदी गाउँपालिका–७ राम्जादेउराली बस्ने ५० वर्षीया खगेश्वरी केसीले पतिबाट पीडित भएको भन्दै इन्सेक पर्वत जिल्ला प्रतिनिधिको सहयोगमा असोज २९ गते न्यायका लागि जिल्ला प्रहरी कार्यालय, पर्वतमा उजुरी दिएकी छिन् ।
पीडित महिलाले पति रुद्रबहादुर केसीबाट घरेलु हिंसा भएको भन्दै पीडित महिलाले न्यायका लागि पहल गरिदिन अनुरोध गर्दै असोज २४ गते इन्सेक पर्वतमा निवेदन दिएकी थिईन् ।
इन्सेकमा निवेदन दिएपछि पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाको सहयोगमा पीडित महिलाका पति रुद्रबहादुर क्षेत्रीविरूद्ध जिल्ला प्रहरी कार्यालय, पर्वतमा उजुरी दर्ता भएको छ ।
पीडित महिलाले य अघि २०७२ साल चैत १३ गते पतिले खाइपाइ आएको रकमको तीन भागको एक भाग दिलाउने लिखित सहमति गरेपनि सहमति अनुसार रकम नदिएको आरोप लगाइन् ।
पीडित महिलाका पति क्षेत्री राम्जादेउराली अन्तर्गतकै एक विद्यालयमा स्थायी शिक्षकको रूपमा कार्यरत रहेकोमा दोश्रो विवाह गरी घर बाहिर बस्दै आएका छन् ।
पीडितको उजुरी दर्ता गर्दै जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर राजन रायमाझीले दुवै पक्षलाई उपस्थित गराई पीडितलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे ।