अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा मङ्सिर ५ गते आयोजित अर्न्तक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरूले जिल्लामा बाल विवाह अत्याधिक रूपमा बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा जिल्ला बालकल्याण समितिका अधिकृत मानवीर ओलीले जिल्लामा बाल विवाहको अवस्था ५७ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक गरेका थिए ।
यो तथ्याङ्क प्रत्येक वर्षबढेकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै बाल विवाहसम्बन्धी सञ्चालित अभियानप्रति नै शङ्का उत्पन्न भएको बताए ।
सबैभन्दा बढी बाल विवाह गर्ने गाविसमा गोतामकोट रहेको बताउँदै बालकल्याण अधिकृत ओलीले उक्त गाविसमा ७२ प्रतिशत बाल विवाह हुने गरेको जानकारी दिए ।
महिला तथा बालबालिका कार्यालय रूकुमका कार्यालय प्रमुख पुष्पा रिजालले जिल्लामा बढेको बालविवाह रोक्नु सबै सरोकारवाला निकायहरूको लागी चुनौतीको विषय बनेको बताइन् ।
यसरी बढीरहेको बाल विवाहले समाजलाई समेत दीर्घकालिन रूपमा असर गर्ने रूकुममा प्रमुख जिल्ला अधिकारी बंशीकुमार आर्चायले बताए ।