INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुली जिल्ला दुधौली नगरपालिका-६, हर्साइ घर भइ ललितपुर जिल्ला ललितपुर महानगरपालिका- १७, मङ्गलबजार बस्ने २१ वर्षीय सुन्दर कार्कीलाई असोज २७ गते १२ बजे गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहका अनुसार आरोपितले बालिकालाई असोज २७ गते बलात्कार गरेपछि पीडित बालिकाले परिवार र प्रहरीलाई खबर गरेकी थिइन् । लगत्तै प्रहरीले आरोपितलाई गिरफ्तार गरेको उनले बताइन् ।

पीडित बालिकाकी आमाले असोज २८ गते महानगरीय प्रहरी परिसर जावलाखेलमा लिखित उजुरी दिएकी छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २८ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो