पकाहामैनपुर गाउँपालिका-४ धोवीया टोलकी २४ वर्षीया सोरियम खातुनको हत्या अशङ्कामा २८ वर्षीय पति नसुरद्दीन मीयाँ, २४ वर्षीय देवर विल्टु मियाँ र ३२ वर्षीया जेठानी तुना खातुनलाई इलाका प्रहरी कार्यलय पोखरियाले असोज २६ गते गिरफ्तार गरेको छ ।
असोज १९ गते सोरियम खातुनको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट मुस्लिम परम्परा अनुसार उनको दाहसंस्कार गरिएको थियो ।
मृत्यु शङ्कास्पद भएको भन्दै माइती पक्षले असोज २४ गते इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी दिएको थियो । उजुरी दिएपछि प्रहरीले आवश्यक छानविनका लागि परिवारका तीन जनालाई गिरफ्तार गरेको हो ।
असोज २५ गते सोरियम खातुनको शव उत्खनन् गरी नारायणी अस्पतालका डाक्टर अजित साहले परीक्षण गरेका छन् ।
पोष्टमार्टम रिपोर्ट आएपछि महिलाको हत्या भएको हो वा आत्महत्या थाहा हुने इलाका प्रहरी कार्यालय पोखरिया इन्स्पेक्टर चन्द्र सिंहको भनाई छ ।