२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पालुङटार नपा–४ का ४२ वर्षीय प्रकाश न्यौपानेलाई असोज १४ गते गिरफ्तार गरको छ ।
गोरखा नपा–६ मा रहेको एक होटलमा बास बसेका न्यौपानेले असोज १३ गते राति १२ बजे युवती सुतिरहेको कोठाको झ्यालको जाली निकालेर बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् ।
पीडित युवतीले असोज १४ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी मित्रबन्धु शर्माले बताए ।
पीडित युवतीको मौखिक उजुरीका आधारमा आरोपित न्यौपानेलाई तत्कालै गिरफ्तार गरेर अनुसन्धान गरिरहेको डिएसपी शर्माले जानकारी दिए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण असोज १४ गते गोरखा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,