INSEC Online

📅 २०८३ श्रावण १

नेपाल पत्रकार महासङ्घ बाँके शाखाका संस्थापक अध्यक्षमाथि कुटपिट

नेपाल पत्रकार महासङ्घ बाँके शाखाका संस्थापक अध्यक्ष नेपालगन्ज उमनपा–२ का ६५ वर्षीय पत्रकार लियाकत अलीमाथि असोज १० गते राति कुटपिट भएको छ ।

असोज १० गते राति सामूहमा आएका अपरिचित व्यक्तिहरूले पछाडीबाट आक्रमण गरी भागेको अलीले बताए ।

उनले आक्रमणकारीको समूह र कारण बारे अनभिज्ञ रहेको बताए । पीडित पत्रकारले असोज ११ गते  प्रहरीमा उजुरी दिएका छन् ।

जिल्ला प्रहरी बाँकेका एसपी विरबहादुर वलीले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए ।

अन्य

भिडियो