३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिरानचोक गाउँपालिका–२ आहालभञ्ज्याङका ५० वर्षीय जितबहादुर अधिकारीलाई असोज ७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ २७ गते गाउँ नजिकैको जङ्गलमा लगेर बलात्कार प्रयास गरेको भन्दै पीडितले असोज ७ गते जिल्ला प्रहरी कार्यालय, गोरखामा उजुरी दिएकी थिइन् ।
आरोपितले मादक पदार्थ सेवन गरेर बलात्कार प्रयास गरेको भन्दै पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, गोरखाकी इन्स्पेक्टर कमला नरालले जानकारी दिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ७ गते गोरखा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।