INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधिले हातपात गरेको कर्मचारीको आरोप

करारमा रहेका कर्मचारीको सेवा अवधि थप गर्ने विषयमा कुरा नमिल्दा उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोले आफूलाई हातपात गरेको प्रशासकीय अधिकृत टेककुमार रेग्मीले आरोप लगाएका छन् ।

असोज ७ गते विराटनगरमा पत्रकार सम्मेलन गरी मेयरले कार्यकक्षमा आएर हातपात गरेको पीडितको आरोप छ ।

जनप्रतिनिधिको व्यवहारले काम गर्ने वातावरण नभएको मात्र नभई ज्यान नै असुरक्षित भएपछि आफ्नो सामानसहित प्रहरीको सुरक्षा घेरामा असोज ७ गते विराटनगर आएको पीडित प्रशासकीय अधिकृतको भनाई छ ।

मेयरको कार्यशैलीले परिवार समेत असुरक्षित भएपछि प्रशासनसँग सुरक्षा मागेर विराटनगर आएको प्रशासकीय अधिकृत रेग्मीको गुनसो छ ।

नगरपालिकाले राखेका करारका कर्मचारीको सेवा अवधि थप गर्ने विषयमा मेयर फागोले एक वर्ष थप गर्न दबाब दिएपछि प्रशासकीय अधिकृत रेग्मीले लोकसेवाको नियमानुसार ६ महिनामात्र थप गर्न सुझाव दिँदा दुव्र्यवहार खेप्नु परेको बताए ।

प्रशासकीय अधिकृत रेग्मीले ‘लोकसेवाको नियमअनुसार ६ महिनामात्र थपौँ’ भन्दा मेयरले लोकसेवा जान्दिन बरू अधिकृतलाई नै ठीक पार्छु भनी दुव्र्यवहार गरेको गुनासो पत्रकार सम्मेलनमा गरेका छन् ।

नगरपालिकाले विभिन्न पदमा गरी ५० जना कर्मचारी करारमा नियुक्ति गरेको अधिकृत रेग्मीले बताए । रेग्मीले घटना पछि सोही दिन मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई भेटेर सुरक्षा माग गरेको बताए ।

मेयर फागो र आफूबीच गत भदौ २६ गते पनि विवाद भएको पीडितले पत्रकार सम्मेलनमा बताएका छन् ।

विवादपछि मेयर फागोले रेग्मीको भदौ २६ गते क्वाटरमा ताला लगाएका थिए । मोरङका सिडिओ मदन भुजेलले भदौ २८ गते मेयर फागो, प्रशासकीय अधिकृत रेग्मी सहित अन्यलाई राखेर छलफल गराई सहमति गराएपछि आफू काममा फर्किएको र पुनः घटना दोहोरिएको बताए ।

अन्य

भिडियो