कपिलवस्तु जिल्लाको बाणगङ्गा घर भएकी ५६ वर्षीया कमला केसीको शव असोज १ गते बिहान फेला परेको छ ।
काठमाडौँ महानगरपालिका–६ कपनको तेन्जिङ चोकमा डेरा गरी बस्दै अएकी केसी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
मृतक केसीको कोठाको ढोका खुल्ला रहेको र हातमुख बाँधिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेशबहादुर सिंहले बताए ।
महिलाको मृत्यु कसरी भयो भन्ने बारे अहिले केही खुल्न नसकेको बताउँदै डिएसपी सिंहले घटनाबारे अनुसन्धान भइरहेको बताए । शवको पोष्टमार्टम असोज १ गते टिचिङ्ग अस्पतालमा गरिएको छ ।