INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले भीरकोट नपा–२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलि मियाँलाई १० वर्ष कैद सजायका साथै पीडितलाई ३० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ ।

न्यायाधीश रमानाथ पौड्यालको असोज १ गतेको इजलासले मियाँलाई दोषी ठहर गर्दै सो फैसला गरेको श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए ।

पीडित युवतीलाई मियाँले ०७४ पुस ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ वैशाख १६ गते वडा प्रहरी कार्यालय, वालिङमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई वैशाख १६ गते नै गिरफ्तार गरेको थियो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण ०७४ चैत १८ गते गण्डकी अस्पताल पोखरामा गरिएको र सोही दिन गर्भपतन गराइएको थियो ।

अन्य

भिडियो