INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपाका कार्यकताद्वारा नेपाली कांग्रेस जिल्ला सभापतिमाथि कुटपिट

खजुरा गाउँपालिका–२ सितापुरमा नेकपाका कार्यकर्ताले भदौ २६ गते नेपाली कांग्रेसका जिल्ला सभापति नेपालगन्ज उमनपा–१० की ७० वर्षीया किरण कोइराला लगायतका नेताहरूमाथि कुटपिट गरेको नेपाली कांग्रेसले विज्ञप्तमार्फत जनाएको छ ।

खजुरा गाउँपालिका–१ का ३२ वर्षीय रोशनसि‌ह ठकुरी, ३० वर्षीय लोकबहादुर शाही, ३६ वर्षीय निर्मल सिंह, ३२ वर्षीय सुनिल शाही, ३३ वर्षीय पारस मल्ल र ३० वर्षीय निमबहादुर वलीलगायतले कार्यक्रम स्थलमा प्रवेश गरी आक्रमण गरेको र आक्रमणबाट कोइरालाको हातमा चोट लागेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाली का‌ंग्रेसले भदौ २६ गते विज्ञप्ती प्रकाशित गर्दै नेता तथा कार्यकर्ता माथि साङ्घातिक आक्रमण गरिएको घटना भत्र्सना गरेको छ ।

आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाहीको माग गर्दै पीडित पक्षले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

घटनाको विरोधमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले भदौ २७ गते नेपालगञ्जमा टायर जलाएर  चक्काजाम गरेका थिए ।

इलाका प्रहरी कार्यालय धनौलीका इन्स्पेक्टर कोसन थपलियाका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खजुरा गाउँपालिका–१ का रोशनसिंह ठकुरी, लोकबहादुर शाही र निर्मल सिंहलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको छ ।

नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको अभियान अन्तर्गत रेडक्रसको हलमा आयोजना गरिएको कार्यक्रममा नेकपाका कार्यकर्ताहरूले प्रवेश गरेर कुटपिट गरेको सभापति कोइरालाले बताइन् ।

photo20190913banke (1)

photo20190913banke (2)

photo20190913banke (3)

photo20190913banke (4)

photo20190913banke (5)

photo20190913banke (6)

photo20190913banke (7)

photo20190913banke (8)

अन्य

भिडियो