सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि बालसुधारगृहमा रहेका नौ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ २६ गते तीन महिना कैद फैसला सुनाएको छ ।
न्यायाधीश दीपक खनालको इजलासले कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । अदालतको फैसलासँगै उनी छुटेका छन् ।
फैसलाअनुसार तीन महिना कैद पुर्पक्षका लागि थुनामा रहेकै बेला भुक्तान भइसकेकाले आरोपितलाई रिहा गरिएको स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।
पीडित बालिकालाई आरोपितले ०७६ जेठ २ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय रामपुरमा ८ गते उजुरी दिएका थिए ।
निवेदनसँगै पीडितको सोही दिन जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । जेठ १० गते गिरफ्तार परेका कसुरदारलाई अदालतले असार १ गते पुर्पक्षका लागि बालसुधारगृह पठाउने आदेश दिएको थियो ।