INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षबाट वडा कार्यालयमा बम विष्फोट र आगजनी

सुनिलस्मृति गाउँपालिका–७ को वडा कार्यालयमा भदौ २६ गते अज्ञात पक्षले बम विष्फोट र आगजनी गरेको प्रहरीले जनाएको छ ।

बम विष्फोट र आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा रहेका दुई ओटा सोफा, एउटा प्लाष्टिकको कुर्सी र कार्पेटमा क्षति भएको वडाध्यक्ष मानसिंह पुनमगरले बताए ।

कार्यालयको झ्याल फुटाएर विष्फोट तथा पेट्रोल छर्केर आगजनी गराइएको भएपनि भुइँतलामा चिस्यानका कारण थप क्षति हुनबाट जोगिएको पुनले बताए ।

उक्त घटनापछि स्थानीय त्रसित बनेका छन् । बम विष्फोट र आगजनीको घटना नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गराएको प्रहरीले आशङ्का गरेको छ ।

घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी पठाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर गुरुङले बताए ।

अन्य

भिडियो