INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

अछाम जिल्ला घरभई रसुवाको गोसाईकुण्ड गाउँपालिकाको थुमन स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीया अनमी कृष्णा रसाइलीलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा सोही स्वास्थ्य संस्थामा कार्यतर अहेब त्रिभूवन घर्तीलाई प्रहरीले भदौ २३ गते गिरफ्तार गर्‍यो ।

पीडित रसाइलीलाई आरोपित अहेबले उनको कार्यकक्षमै प्रवेश गरी भदौ २२ गते अपशब्द प्रयोग गर्दै कुटपिट गरेको भन्दै पीडितका ३२ वर्षीय पति कृष्ण ताम्राकारले आरोपित विरूद्ध भदौ २४ गते जिल्ला प्रहरी कार्यालय रसुवामा लिखित उजुरी दिएको कार्यालयका डिएसपी भाग्येन्द्रपुरुष ढकालले बताए ।

पीडित पक्षले भदौ २३ गते दिएको मौखिक उजुरीका आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी घटनाबारे अनुसन्धान भइरहेको डिएसपी ढकालले बताए ।

कुटपिटबाट सामान्य घाइते भएकाले पीडित महिलाको उपचार नगरिएको पीडितका पति ताम्राकारले बताए ।

अन्य

भिडियो