INSEC Online

📅 २०८३ जेष्ठ २४

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भागेश्वर गाउँपालिका–१ पनिउटका २३ वर्षीय दिनेशराम पार्कीलाई भदौ १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १५ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १६ गते जिल्ला अस्पताल, डडेल्धुरामा गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले परशुराम नगरपालिका–४ कटालका २१ वर्षीय महेश दमाईलाई भदौ १३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १३ गते इलाका प्रहरी कार्यालय, जोगबुडामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिधराम न्यौपानेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १३ गते जोगबुडा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो