INSEC Online

📅 २०८३ जेष्ठ २२

फुटपाथमा नरिवल बेच्ने बालकलाई प्रहरीद्वारा कुटपिट

जनकपुरधामको जानकी चोकस्थित फुटपाथमा नरिवल बेच्ने १६ वर्षीय रोशन चौधरीलाई प्रहरी जवान प्रेमशङ्कर यादवले भदौ १२ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । रकम मागेको र नदिएपछि यादवले कुटपिट गरेको पीडित बालकले आरोप लगाए ।

 

यस्तै, बालकलाई कुटपिट गरेको भिडियो खिचेको आरोपमा युवा अभियन्ता सुशील कर्णलाई समेत प्रहरीले कुटपिट गरेको छ ।

 

दुवैै जनालाई कुटपिट गरेको विरोधमा स्थानीयले सोही दिन जानकी चोकमा टायर बालेर प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि समेत प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।

 

जानकी मन्दिर प्राङ्गणको पर्यटक प्रहरी इञ्चार्ज असई विरेन्द्र यादव र प्रहरी जवान प्रेमशङ्कर यादवलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए ।

 

‘तत्काल स्पष्टिकरण मागिएको छ ।’–उनले भने–‘स्पष्टिकरण बुझाएपछि कसुर अनुसारको कारबाहीका लागि प्रक्रिया अगाडि बढाइनेछ ।’

अन्य

भिडियो