१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरापेमा प्रहरीले भोजपुर नगरपालिका-१२ टक्सारका २० वर्षीय बुद्घिमान सुन्दासलाई भदौ ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ९ गते गरिएको छ ।