INSEC Online

📅 २०८३ जेष्ठ २१

टाउको दुखेको औषधि माग्दा असुरक्षित गर्भपतनको औषधि विक्री, आरोपित गिरफ्तार

घिरिङ गाउँपालिका-३ स्थित साभुङ स्वास्थ्य चौकीका इञ्चार्ज मनप्रसाद रानाभाटलाई असुरक्षित गर्भपतनको औषधि विक्री गरेको आरोपमा प्रहरीले साउन ३२ गते गिरफ्तार गरेको छ ।

रानाभाटले सोही गाउँपालिका-३ मा रहेको मानपुरमा सञ्चालन गरेको मेडिकलमा साउन ३१ गते टाउको दुखेको औषधि लिन आएकी एक युवतीलाई गर्भपतन हुने औषधि दिएको भन्दै पीडितले साउन ३१ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी विनोद सिल्वालले जानकारी दिए ।

युवती ६ महिनाको गर्भवती रहेकोमा सो औषधि सेवनबाट गर्भपतन भएपछि पीडित पक्षको उजुरीका आधारमा आरोपित रानाभाटलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको एसपी सिल्वालले बताए ।

स्वास्थ्यकर्मी रानाभाटले भने टाउको दुखेर आएकी यवतीलाई सिटामोल दिएको बताएको स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालय, तनहुँका जनस्वास्थ्य अधिकृत ऐश्वर्य भट्टराईले अविवाहित युवती गर्भवती भएको बारेमा रानाभाटले आफूलाई जानकारी नभएको बताएको जानकारी दिए ।

अन्य

भिडियो