कुम्मायक गाउँपालिका–१ की २० वर्षीया सीता दमाई र उनकी ५० वर्षीय आमा भीमकला दमाईलाई खुकुरी प्रहारी गरी घाइते बनाएको आरोपमा सीताकका पति दमक नगरपालिका २ का ३३ वर्षीय जीवन दर्नालविरूद्ध साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।
पीडितका आफन्तले दिएको उजुरी दर्ता गरी फरार रहेका आरोपितको खोजी कार्य थालिएको सो कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए ।
आपसी विवादका क्रममा पत्नी र सासूलाई आरोपितले ससुराली घरैमा खुकुरी प्रहार गरी घाइते बनाएको स्थानीयले जानकारी दिएका छन् ।
पीडितहरूको उपचार साउन ३१ गते नै जिल्ला अस्पतालमा गरिएको छ । सीताको बायाँ हात र भीमकलाको बायाँ हातका साथै गलामा समेत चोट लागेको छ ।
पीडितहरूलाई थप उपचारका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।