INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फिदिम नगरपालिका–१ का ३८ वर्षीय सञ्जीव श्रेष्ठविरूद्ध असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

 

पीडित बालिकालाई आरोपितले साउन २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २६ गते उजुरी दिएपछि दर्ता गरिएको इन्स्पेक्टर अनिल पौडेलले बताए ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २६ गते गरिएको छ । आरोपितको खोजी कार्य भइरहेको पनि प्रहरीले जनायो ।

अन्य

भिडियो