INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीलाई छुरा प्रहार गरेको आरोपमा पति गिरफ्तार

महोत्तरी गौरीबास स्थायी घर भइ इलाम नगरपालिका–१० मा बस्दै आएकी २२ वर्षीया सृजना जबेगूलाई छुरा प्रहार गरी घाइते बनाएर फरार २९ वर्षीय पति दिपक कोइरालाई साउन २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन ४ गते छुरा प्रहार गरेको पीडित पक्षको आरोप छ । गिरफ्तार गरिएका कोइरालाई साउन २६ गते नै ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारीले जानकारी दिए ।

कोइरालाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । घाइते महिलाको उपचार साउन ४ गते इलाम अस्पतालमा गरी थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचार पछि सृजना घर फर्किएकी छन् ।

अन्य

भिडियो