दोरम्बा गाउँपालिका-१ डडुवाडाँडा कटेरीमा रहेको एनसेल टावरमा साउन १९ गते राति अपरिचित पक्षबाट गराइएको बम विष्फोटका कारण एनसेल टावरमा क्षति पुगेको छ ।
टावरमा पुग्न गएको क्षतिका कारण दोरम्बा आसापासका क्षेत्रमा १९ गते देखि हालसम्म एनसेलको मोवाइल सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर शेख अदालतले बताए ।
घटना कसले घटायो भन्ने बारे हालसम्म कुनै जानकारी भइनसकेकोले घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर शेख अदालतले बताए ।