६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई साउन १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १५ गते बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पान्डपकुमार राजवंशीले बताए ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालय भोजपुरमा साउन १६ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीको भनाई छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १७ जिल्ला अस्पताल भोजपुर गरिएको छ ।