मनरा सिस्वा नगरपालिका–२ इटहर्वाको नेपाल भारत दशगजा क्षेत्र भन्दा करिब ६० मिटर भित्र अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
निधार र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा ती युवकको शव उखुबारीमा फेला परेको हो ।
साउन १६ गते खेतमा काम गर्न गएका बेला गाउँलेहरुले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेशवर पठाइएको छ । घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।