INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सुस्तमनस्थिति भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धादिङ स्थायी घर भई हाल मर्स्याङ्दी गाउँपालिका–४ बस्ने ४० वर्षीया पहलमान तामाङविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको छ ।

 

पीडित महिलालाई तामाङले साउन १४ गते घरमा कोही नभएको समयमा बलात्कार गरेको भनी पीडित पक्षले साउन १६ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

 

पीडित पक्षले उजुरी दिएपश्चात ०७६ साल साउन १६ गते नै आरोपित तामाङलाई गिरफ्तार गरिएको डिएसपी गुरुङले बताए ।

 

पीडित महिलाको स्वास्थ्य परिक्षण जिल्ला सामुदायिक अस्पतालमा साउन १६ गते भएको अस्पतालका मेडिकल अफिसर हिक्मत भण्डारीले बताए ।

अन्य

भिडियो