१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला रून्टीगढी गाउँपालिका–३ का २२ वर्षीय घनश्याम केसीलाई साउन १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १० गते प्रलोभनमा पारेर घोराहीको दुईखोलीमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १२ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएको छ ।
घटनालगत्तै फरार रहेका आरोपितलाई घोराहीबाट गिरफ्तार गरी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी विनोदविक्रम शाहले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको प्रहरीले जनायो ।