पचालझरना गाउँपालिका-९ का १९ वर्षीय पंख तिरुवालाई सोही गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय, जारकोटबाट खटिएका प्रहरीले कुटपिट गर्दा गम्भीर घाइते भएको पीडितले आरोप लगाएका छन् ।
पीडित तिरुवालाई साउन ११ गते प्रहरीले गाउँमा होहल्ला गरेको आरोपमा कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कुटपिटबाट घाइते भएका तिरुवाको उपचार जारकोटस्थित स्वास्थ्य चौकीमा भइरहेको परिवारजनको भनाई छ ।
इलाका प्रहरी कार्यालय, जारकोटका हवल्दार मनोज शाहीले भने प्रहरीले कुटपिट नगरेको तथा यातनासमेत नदिएको बताएका छन् ।