INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्मला पन्त घटनाको सिफारिस कार्यान्वयन गर्न सरकारलाई आयोगको ताकेता

बलात्कार पश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस कार्यान्वयनको अवस्था जानकारी गराउन आयोगले सरकारलाई  ताकेता गरेको छ ।

 

साउन १० गते आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरी पन्त घटनाका विषयमा गएको माघ १३ गते दिइएको चार बुँदे सिफारिस र चौबिस बुँदे निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएको हो ।

 

बलात्कारपछि पन्त मारिएको एक वर्ष पुरा भएकै दिन आयोगले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

 

आयोगको सिफारिश कार्यान्वयन गरी तीन महिनाभित्र सोको जानकारी आयोगलाई उपलब्ध गराउन अनुरोध गर्दै आयोगबाट गरिएको पत्राचारको सम्बन्धमा हालसम्म पनि कुनै जानकारी प्राप्त नभएकोले सो सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत सम्बन्धित निकायबाट अनुसन्धानमा भएको प्रगति विवरण यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरिएको छ ।

 

बलात्कारपछि मारिएको एक वर्ष पुरा हुँदासमेत अपराधि पत्ता लगाउन सरकार असफल भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

अन्य

भिडियो