INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-९ बस्ने ७३ वर्षीय यामबहादुर बिकलाई साउन ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन ६ गते नै आरोपितविरूद्ध वडा प्रहरी कार्यालय, वालिङमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपित बिकलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान कार्य अगाडि बढाएको वडा प्रहरी कार्यालय, वालिङका सई युवराज चन्दले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गह्रौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रमा साउन ६ गते गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो