२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हरिनगर गाउँपालिका–१ का २५ वर्षीय अनम अन्सारीलाई प्रहरीले साउन २ गते गिरफ्तार गरेको छ ।
सामाजिक सञ्जाल इमोमा साथी बनाएर लामो समय गफगाफ गरेपछि आरोपितले साउन २ गते इटहरीमा राम्रो जागिर लगाइदिने भन्दै बोलाएर यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ ।
इटहरीमा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने आरोपित विरूद्ध पीडित पक्षले साउन २ गते उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर वुद्धि चौलागाईले बताए ।