INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरी यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नपा–१० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई जिल्ला अदालतले असार २६ गते ६ वर्ष कैद र २५ हजार रुपियाँ जरिवानाको सजाय गरेको छ ।

न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले आरोपितलाई यस्तो सजाय गर्नुका साथै पीडितलाई १५ हजार रुपियाँ क्षतिपूर्ति भराउने अन्तिम फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।

छिमेकमा विवाहको निम्तो मानेर घर फर्किरहेकी बालिकालाई सोही विवाहमा गएका आरोपितले साथीको सहयोगमा मोटरसाइकलको बीचमा राखी ०७५ असार ३१ गते राति घर लगेर यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा असार ३२ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार ३२ गते भएको थियो ।

प्रहरीले साउन १ गते आरोपितलाई गिरफ्तार गरेकोमा जिल्ला अदालतको आदेशले आरोपित ०७५ साउन २९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

आरोपितले कुराकानी गर्न आपसी सहमतिमा हिँडेर नै घर गएको बताउँदै यौन दुर्व्यवहार आरोप अस्विकार गर्दै आएका छन् ।

अन्य

भिडियो